नुहाउने क्रममा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

नुहाउने क्रममा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ,

सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङमा तीन युवतीको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ कटुवा खोला नजिकै निर्माण गरिएको पोखरीमा डुब्दा घोराही १८ अम्बापुर निवासी बसन्ता बिक, सालघारीका झरना बिक र अमृता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सात फिट गहिरो उक्त पोखरीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान हुँदै गरेको पनि प्रहरीले जानकारी दिएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo