प्रहरीले ५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागूपदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्युरोले ४ किलो २ सय ग्राम आइसीइसहित पोर्चुगलका २६ वर्षीय टाइगो मेन्डेस पेरेरालाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले आज पत्रकार सम्मेलन गरी लागू औषध आइसिइ र अभियुक्त पेरेरालाई सार्वजनिक गरेको हो ।
गत बुधबार नेपाल आएका उनी एयर इन्डियाबाट दिल्ली हुँदै जापान जान लागेको अवस्थामा गत शुक्रबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यति ठूलो मूल्य बराबरको लागूऔषध एकै पटकमा बरामद भएको हो यो पहिलो पटक हो ।
आइसिइ शारीरिक उत्तेजना बढाउनका लागि उच्चस्तरको लागुऔषध भएको र उच्च घरानीयाहरु तथा खेलाडीले यसको प्रयोग गर्ने गर्दछन् ।































प्रतिक्रिया