चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योती मगरको आवाजमा रहेको मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियो आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दीपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । भिडियोलाई निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।
गायक बिश्वकर्माले दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका छन् ।
भिडियो





























प्रतिक्रिया