ललितपुरमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ का २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझी रहेका छन् ।
उनीहरुले किशोरीलाई बिगत ४ दिनदेखि ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरु काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको जनाएको छ ।





























प्रतिक्रिया