विप्लवका उपत्यका इन्चार्ज लामा समातिए

विप्लवका उपत्यका इन्चार्ज लामा समातिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाले सो कुराको जानकारी दिएको छ ।

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गर्दै आएको थियो । यस्तै जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटका योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै लामा पार्टीमा सक्रिय थिए । उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् ।

विप्लवको उपत्यका ब्यूरोमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, नुवाकोट र रसुवा समेत पर्छन् । यो ब्यूरोको जिम्मेवारी लामाको थियो । पछिल्लो समय उनी सत्तारुढ दलका कतिपय नेताहरुसँग सरकार र विप्लव वार्ताको लागि अनौपचारिक संवादमा पनि थिए ।
अन्नपूर्णबाट

Logo