सिंगो गाउँ नै राहतको भरमा

सिंगो गाउँ नै राहतको भरमा

केन्द्रबिन्दु
0
Shares

रौतहट,

रौतहटको परोहा नगरपालिका वडा नं. ६ बसन्तपटी सिंगो गाउँका बासिन्दाहरु राहतको भरमा जिबिकोपार्जन गर्न बाध्य छन् । गत असार २७ र २८ गतेको बर्षाका कारण आएको बाढीले डुबानमा परेको उक्त गाउँका बासिन्दाहरुको अन्नबाली देखी सम्पुर्ण सामानहरु डुबानमा परेपछि त्यस गाउँका बासिन्दाहरु राहतको भरमा जिबिकोर्पाजन गर्न बाध्य भएका हुन् ।

गाउँ नजिकै रहेको लालबकैया नदीको बाँध फुटेर गाउँ पसेपछि स्थानियका घरहरु डुबानमा परेको स्थानिय राम किशोर साहले जानकारी दिए । सो गाउँका करिब २ सय ५० घरधुरीका बासिन्दाहरु बाढीबाट प्रभाबित छन् । बाढी रोकिएपछि त्यस गाउँका बासिन्दाहरु राहतको भरमा बिहान बेलुकाको छाक टादै आएका छन् । सोही गाउँलाई मध्यनजर गर्दै काठमाडौंस्थीत रहेको छायाँ नेपाल र फ्रेन्ड फर नेपाल नामक गैर सरकारी संस्थाले राहत सहयोग गरेका छन् ।

ती संस्थाले ल्याएको राहत बितरण गर्दै सोही नगरपालिकाका नगरप्रमुख शेख वकिलले बाढी प्रभाबित क्षेत्रमा दिगो राहतको आवश्यकता रहेको बताएका छन् । डुबानक्षेत्रका बासिन्दाहरुको लागि पुनः पुरानो अबस्थामा आउनको लागी तत्कालीन राहत आउने क्रम जारी रहेको उनले जानकारी दिए । राहत पीडित परिवारलाई मात्रै उपलब्ध गराउन सहयोगी संस्थालाई नगर प्रमुख वकिलले आग्रह गरेका छन् । शुक्रबार छायाँ नेपाल र फ्रेन्ड फर नेपालको सहयोगमा बिभिन्न किसिमका खाद्यन्न तथा झुलहरु बितरण गरिएको हो । एक परिवारको लागी १ थान त्रिपाल, ३० किलो चामल, ५ किलो चिउरा, १ थान झुल लगायतको सामाग्रीहरु बितरण गरेको सो नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबनाथ यादबले जानकारी दिएका छन् ।
राजधानीबाट

Logo