लिगमा रोनाल्डोको ७५० औँ गोल

लिगमा रोनाल्डोको ७५० औँ गोल

केन्द्रबिन्दु
21
Shares

रियाद। अल नासरले अल शहबाबमाथि ३–२ को जीत हासिल गर्दै साउदी प्रो लिगाको शीर्ष स्थानमा रहेको अल हिलालमाथि दबाब कायम राखेको छ ।

खेलको २१ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको क्लब करियरमा यो ७५० औँ गोल थियो । समग्रमा उनको गोल सङ्ख्या ८७७ पुगेको छ। पहिलो हाफको इन्जुरी समयमा अल शहबाबका लागि यानिक कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे ।

तर, दोस्रो हाफको सुरुवातमा नै टालिस्काले गोल गर्दै अल नासरलाई पुनः अग्रता दिलाए। ६७ औँ मिनेटमा कार्लोस जुनियरले अल शहबाबका लागि पुनः बराबरी गोल फर्काए पनि खेलको अन्त्यतिर टालिस्काले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए।

२१ खेलपछि अल नासर ५२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको अल हिलाल ५६ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ। टोली हालसम्म अपराजित छ।

Skip This
Skip This
Logo