मन्त्रीहरु हेरफेर गर्नुपर्छ- देवेन्द्र पौडेल

मन्त्रीहरु हेरफेर गर्नुपर्छ- देवेन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले मन्त्रिपरिषद हेरफेर गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा कार्यक्रममा बोल्दै उनले सरकार गतिशील बनाउनका लागि मन्त्री फेर्नुपर्ने बताएका हुन् । मन्त्रालयहरुबाट भइरहेका काम कारवाही प्रभावकारी नभएको भन्दै नेता पौडेलले जनताका भावना अनुसार काम गर्नका लागि पनि मन्त्रीको हेरफेर गरिनुपर्ने बताएका हुन् ।

उनले एकताका बेला शिर्ष नेता दुइ नेता बीचमा भएको पाँच बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताए । ‘दुई नेताबीच सरकार र पाटीको नेतृत्व आलोपालो गर्ने सहमती भएकै हो’, उनले भने, ‘कार्यान्वयन गर्नका लागि नेताहरु इमान्दार हुनैपर्छ ।’

Logo