एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद केसीको माग

एनसेल छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद केसीको माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ दलकै सांसदले माग गरेका छन्।

आज बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको काण्डको रुपमा परिचित एनसेल प्रकरणको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने,‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’

Skip This
Skip This
Logo