अख्तियारमा २९ वर्षयताकै धेरै मुद्दा दर्ता

अख्तियारमा २९ वर्षयताकै धेरै मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष २९ वर्ष यताकै सबैभन्दा धेरै मुद्दा दर्ता गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा आयोगमा परेका २४ हजार ४८ उजुरीमध्ये १५ हजार ६ सय ११ फछ्र्योट गरिएको छ । ती मध्ये ९ सय २१ उजुरीको विस्तृत अनुसन्धान गरेको आयोगले जनाएको छ । यस्तै हाल सम्मकै सबैभन्दा बढि ३ सय ५१ वटा मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७४/७५ मा आयोगमा परेको १९ हजार ४ सय ८८ उजुरीमध्ये १२ हजार ४ सय फछ्र्योट गरेको थियो । आर्थिक वर्ष २०४८/४९ सबैभन्दा थोरै र आव २०५१/५२ मा एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।

सेवाग्राहीको भेषमा आर्थिक वर्ष २०७५/७६ मा सूक्ष्म निगरानी तथा द्रुत कारबाही सम्बन्धी कार्यविधि, २०७५ तयार गरी कार्यान्वयनमा ल्याएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । कार्ययोजना बमोजिम भ्रष्टाचार सम्भाव्य निकायमा आयोगका कर्मचारीलाई सेवाग्राहीका रूपमा खटाएर निगरानी बढाइएको जनाएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा निर्णय भएका ३ सय ५७ वटा मुद्दा विशेष अदालतमा दर्ता भएको छ । अदालतबाट भएको फैसलामध्ये ८८ दशमलव ५ प्रतिशतमा सफलता प्राप्त गरेको आयोगले जनाएको छ ।
राजधानीबाट

Logo