नामिबियाविरुद्ध नेपालको कसिलो बलिङ, कप्तान रोहितले लिए २ विकेट

नामिबियाविरुद्ध नेपालको कसिलो बलिङ, कप्तान रोहितले लिए २ विकेट

केन्द्रबिन्दु
9
Shares

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले ११ ओभरको खेल सकिँदा ३ विकेट लिएको छ । नामिबिया भने ३ विकेटको क्षतिमा ६२ रन बनाएर खेलिरहेको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका छन् ।

१०औं ओभरको चौथो बलमा कप्तान रोहितले जान फ्रिलिंकलाई ५ रनमा आउट गराएका हुन् । यसअघि नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई विवेक यादवबाट क्याच गराएका थिए । ११ रन बनाएर खेलिरहेका कोट्जेको प्रहारलाई विवेकले बाउन्ड्री नजिक उत्कृष्ट क्याच गरेका थिए। साथै पहिलो विकेट भने पावरप्लेको अन्तिम बलमा करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराएका थिए ।

Skip This
Skip This
Logo