अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई सही परामर्श दिने उद्धेश्यले ‘अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना हुने भएको छ। मेलाको नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले उद्घाटन गर्ने भएका छन्।
मेला साउन ८ गते अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ । मेलामा अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुने अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माले जानकारी दिए ।
मेलामा सहभागी विद्यार्थीहरुलाई उपहार समेत प्रदान गर्ने जनाएको छ । मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क र दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबी बैंकले मेलामा आफ्नो स्टल नै राखेर अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा दिनेबारे परामर्श दिनेछ।
मेलामा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा अत्यावश्यक भएकाले मेलामा यस बिषयमा पनि परामर्श दिइने शर्माले बताए। आइडीपी तथा पियर्सन दुईले विद्यार्थीहरुलाई गिफ्ट भौचरहरु दिईनेछ। भौचर प्राप्त गर्नेले १९ हजार रुपियाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् ।
त्यस्तै मेलामा कफि मेकिङ सम्वन्धी क्लासका लागि हिमालयन जाभालाई पनि मेलामा सहभागी गराइने छ । तीन हजार रुपियाँ लाग्ने १५ दिनको उक्त कोर्षका लागि हिमालयन जाभाले एक जना भाग्यशाली विजेतालाई निःशुल्क तालिम दिने जनाएको छ ।





























प्रतिक्रिया