शृङ्गार सामग्रीमा अर्बौं रकम स्वाहा

शृङ्गार सामग्रीमा अर्बौं रकम स्वाहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालले शृंगार सामग्री आयातमै मात्र बर्सेनि अर्बौं रकम सक्दै आएको छ । सनातनधर्मी नेपाली महिलाहरू साउन महिनाभरि हरियो, रातो र पहेँलो चुरा, पोते, टीका र पहिरनमा सजिन्छन् । उनीहरूले साउन महिनालाई प्रेम, सौभाग्य र पवित्रताका रूपमा लिन्छन् । यसै समयलाई लक्षित गरेर मात्रै पनि राज्यको अर्बौं रुपैयाँ शृंगार सामग्री आयातमा स्वाहा हुने गरेको छ ।

नेपाल भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टीकाजस्ता शृंगार सामग्री विभिन्न मुलुकबाट आयात गरिएको छ । यस अवधिमा लगभग १३ करोड ६० हजार थान शृंगार सामग्री आयात भएको विभागले जनाएको छ ।

शृंगार सामग्रीमा चुरा, पोते, मेहन्दी, टीका, लिपमेकअप, आइमेकअप, पाउडरलगायत पर्दछन् ।अघिल्लो आर्थिक वर्षमा यस्ता शृंगार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो जुन यो वर्षको भन्दा बढी हो ।

नेपालमा भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट शृंगारका सामान बढी आयात हुने गरेको विभागले जनाएको छ ।

Skip This
Skip This
Logo