दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई निर्घात कुटपिट गरेका छन् । फूल टिपेको आरोपमा वडाध्यक्ष सार्कीले स्थानीय शान्तिनगरका ९ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन् ।
बालकका आमा रैमता घर्तीले वडाअध्यक्षको कुटाईबाट आफ्नो छोराको बायाँ कान र पेटमा चोट लागेको जानकारी दिइन् । वडाअध्यक्ष सार्कीले बालकको गालामा निलडामसमेत देखिने गरि कुटपिट गरेको र छोरा रातभर कान दुखेको भन्दै रोएको उनले सुनाइन ।
बालकको अहिले घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा उपचार भैरहको छ । चिकित्सक विक्रम बुढाथोकीले बालकको कानमा फोहरसमेत जमेको बताए ।
वडाध्यक्ष सार्कीले बालकको अभिभावकसँग फूलको क्षतिपुर्तीबापत ५ हजार रुपैंया मागेका छन् ।





























प्रतिक्रिया