फिल्म ‘एनिमल पार्क’ मा विक्की कौशल भिलेन

फिल्म ‘एनिमल पार्क’ मा विक्की कौशल भिलेन

केन्द्रबिन्दु
18
Shares

मुम्बई। बलिउड अभिनेता रणवीर कपूरको पछिल्लो ब्लकबस्टर फिल्म ‘एनिमल’को बम्पर सफलतापछि फिल्मको दोस्रो भाग ‘एनिमल पार्क’को चर्चा चलिरहेको छ। रणवीर र रश्मिका मन्दाना स्टारर यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’मा कसले भिलेन चरित्र निर्वाह गर्ला भन्ने चासो सर्वत्र छ।

निर्माताहरुले फिल्मको दोस्रो भागको तयारी सुरु गरिसकेका छन्। समाचार अनुसार फिल्मको दोस्रो भागमा अभिनेता बबी देओल नभई अर्का अभिनेता विक्की कौशलले भिलेन चरित्र निर्वाह गर्नेछन्।

‘अर्जुन रेड्डी’, ‘कवीर सिंह’ र ‘एनिमल’ जस्ता ब्लकबस्ट फिल्म दिएका निेर्दशक सन्दीप रेड्डी वांगा ‘एनिमल पार्क’मा भिलेन परिवर्तनको तयारीमा छन्। जसका लागि उनले विक्की कौशललाई प्रस्ताव गरेका छन्। फिल्ममा विक्की प्रमुख भिलेन चरित्रमा देखिनेछन्। यदी विक्की भिलेन चरित्रमा सहमत भए रणवीर र विक्कीको तेस्रो सहकार्य हुनेछ।

विक्की र रणवीर मिल्ने साथी पनि हुन्। दुवैको दोस्ती ब्लकबस्टर फिल्म ‘सञ्जू’बाट भएको थियो। जहाँ विक्कीले रणवीरको मिल्ने साथीको भूमिका निर्वाह गरेका थिए। उनीहरुले दोस्रो पटक सहकार्य आलिया भट्ट स्टारर निर्देशक सञ्जय भन्सालीको फिल्म ‘लभ एण्ड वार’मा गरेका थिए। यो फिल्म हाल प्री प्रोडक्सन चरणमा छ।

Skip This
Skip This
Logo