१७ हजार शिक्षक–कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

१७ हजार शिक्षक–कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १७ हजारभन्दा बढी शिक्षक तथा कर्मचारीहरुले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७४/०७६ मा राज्यकोषबाट तलबभत्ता बुझ्ने १७ हजार १ सय २७ जना शिक्षक तथा कर्मचारीहरुले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

उक्त आर्थिक वर्षमा पाँच लाख ४ सय ७८ जनाले मात्र सम्पत्ति विवरण बुझाएका थिए। सम्पत्ति विवरण नबुझाउनेमा बढी शिक्षक छन् । ११ हजार १ सय ५७ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन्। निजामतीतर्फ एक हजार ९ सय ३९ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार रूपैंयासम्म जरिवाना गर्ने व्यवस्था छ। यसैबीच सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई नयाँ आर्थिक वर्ष लागेको दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने समयावधि तोकेको छ ।

Logo