प्रहरीले अनलाइनमार्फत विज्ञापन गरी सस्तो मूल्यमा सामान पठाइदिने भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भइ काठमाडौं महानगरपालिका १६ खुशिवु नयाँबजार बस्ने ३० वर्षीय आकिव जावेद, महोत्तरीको सोनम गाउँपालिका– ७ घर भइ काठमाडौं क्षेत्रपाटी बस्ने २० वर्षीय एमडी सगिर शेख र महोत्तरी गौशाला नगरपालिका ५ घर भइ काठमाडौं महानगरपालिका १६ खुशिवु नयाँबजार बस्ने २२ वर्षीय यमदादुल मोमिन छन् ।
उनीहरुले मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गरेका खुल्न आएको छ ।
उनीहरुले एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
यसैबीच चीनबाट कर छली गरेर ल्याएको ५ करोड भन्दा बढी रकमको ममोरी कार्ड,पेन ड्राइभ र मोवाइल क्यामेरामा प्रयोग हुने सामानहरु ललितपुर प्रहरीले बरामद गरेको छ ।
ललितपुरको सानेपामा रहेको जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेर ललितपुर प्रहरीले ती सामान सहित पसल संचालकका र ८ जना कामदारलाई नियन्त्रणमा लिएको छ । पसलका संचालक गोबिन्द बंशल र मोहन बंशलले चाइनावाट एक र दुई जिबीका मेमोरी कार्ड ल्याएर ३२ र ६४ जिवीको छाप लगाएर बजारमा बिक्री गरिरहेको छापा मार्ने क्रममा फेला परेको छ ।
संचालकद्धय भागेपनि प्रहरीले मोहन र गोबिन्दकी श्रीमतीसहित ८ जना कामदारलाई भने पक्राउ गरी राजश्व अनुसन्धान बिभागको टोलीलाई जिम्मा लगाएको छ ।





























प्रतिक्रिया