एनआईसी एशिया बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा छुट

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंकका ग्राहकले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा छुट पाउने भएका छन् ।

बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकले हस्पिटलमा उपचार गराउँदा ७.५ प्रतिशतसम्मको छुट पाउने गरि बैंक र हस्पिटलबीच सम्झौता भएको हो । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र अस्पतालको तर्फबाट मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

बैंकले हाल २९१ शाखा कार्यालय, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।

Skip This
Skip This
Logo