गुन्डा नाइके ‘निमा’ पक्राउ

गुन्डा नाइके ‘निमा’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

गुन्डा नाइके निमा भनेर चिनिने राजेन्द्र लामा पक्राउ परेका छन्।

उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। काभ्रेका स्थायी बासिन्दा लामामाथि जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा असुल्ने गरेको आरोप छ।

उनी यसअघि २०६६ असोज ८ मा ज्यान मार्ने उद्योगमा पक्राउ परि ३ वर्ष जेल बसेका थिए। सजाय भुक्तान गरी जेलमुक्त भए पनि उनी फेरि २०७२ चैत १० मा पक्राउ परेका थिए ।

बोगटीले उनको बारेमा थप अनुसन्धान भैरहेको बताए ।

Skip This
Skip This
Logo