नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा नेपाललाई दोस्रो झट्का, ओपनरद्वय आउट

नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा नेपाललाई दोस्रो झट्का, ओपनरद्वय आउट

केन्द्रबिन्दु
24
Shares

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले जितका लागि दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालको लागि पहिलो झट्का लागेको छ । राम्रो सुरुवात गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी तेस्रो ओभरको तेसा्रे बलमा १२ रन बनाउउँदै आउट भएका हुन् । त्यसलगत्तै पाँचौं बलमा अर्का ओपनर आशिफ शेख पनि आउट भए । उनी ८ रनमा आउट भएका हुन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियाे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ ।

Logo