कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाए पनि पानीको सतह बढ्न थालेको छ ।
पानीको सतह एक हजार ५२६.१८ घनमिटर पुगेपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले आज बिहान बाँध खोल्ने निर्णय गरेको थियो । तर, बाँध खोल्दा मकवानपुरसहित सर्लाही, रौतहट र सिन्धुली जिल्लाका स्थानीय प्रभावित बन्ने भएकाले सकेसम्म टर्वाइनबाटै निकास गर्ने तयारी अनुरुप पूर्ण क्षमतामा संचालन गरिएको थियो। जस अनुसार कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको थियो।
तर, दिउँसोदेखि नै कुलेखानी आसपास भारी वर्षा भएपछि पानीको सतह बढ्न थालेको हो। अहिले पानीको सतह बढेर एक हजार ५ सय २६.५५ घनमिटर पुगेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका लेखापाल सुमन सिवाकोटीले जानकारी दिए ।
कुलेखानीमा वि.स. २०५० साल यताकै धेरै पानी जमेको हो ।
यसैबीच पानीको सतह बढेको अवस्थामा कुनै पनि बेला बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपनाउँन प्रशासनले आग्रह गरेको छ।





























प्रतिक्रिया