भिक्टोरियाको फेसन शोमा पेटाको अवरोध

भिक्टोरियाको फेसन शोमा पेटाको अवरोध

केन्द्रबिन्दु
9
Shares

पेरिस। पेरिस फेसन विकअन्तर्गत फेसन डिजाइनर भिक्टोरिया बेकह्यामको शोमा पशु अधिकारकर्मीहरुले अवरोध गरेका छन्। फेसन शो चलिरहँदा अधिकारकर्मीहरुले आफ्ना मोडललाई विरोध स्वरुप र्‍याम्पमा उतारेका थिए।

द पिपुल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स ग्रुप(पेटा)ले फेसन उद्योगमा सामान्यतया जनावरको छालाको प्रयोग भएपछि त्यसको विरोध गरेको जनाएको छ।

र्‍याम्पमा पेटाका प्रदर्शनकारीहरुले ‘जनावरहरु कपडा होइनन्’ लेखिएका टिसर्ट लगाएर र ‘भिवा शाकाहारी छाला’ लेखिएको संकेतहरु फहराएका थिए। खुट्टामा चोट लागेर घाइते भएकी भिक्टोरिया शोको फाइनलमा वैशाखीमा देखा परेकी थिइन्।

भिक्टोरियाले आफ्नो कालो आउटफिटमा मिल्ने गरी बाँया खुट्टामा कालो सुरक्षात्मक बुट लगाएकी थिइन्। वैशाखीको सहारामा ढिलो हिँडे पनि उनले फेसनका प्रशंसक र आलोचकहरुको अग्रपंक्तिलाई पार गरेकी थिइन्। जहाँ भिक्टोरियाका पति डेभिड बेकह्यामका एक समयका टोलीका साथी ब्राजिलियन पूर्व अन्तर्राष्ट्रिय फूटबलर रोनाल्डो पनि थिए।

उनी त्यो भीडमा कसैलाई चुम्बन गर्दै धन्यवाद भन्दै चुम्बन गर्न एकछिन रोकिएकी थिइन्।भिक्टोरियाको फेसन ब्राण्डमा फूर वा विदेशी छाला प्रयोग गरिँदैन। तर पेटाले केही डिजाइनमा छालाको प्रयोग गरिने जनाएको छ।

पेटाका युरोपियन अध्यक्ष मिमी बेखेचीले भने, ‘कुनै पनि कपडा वा सहायक उपकरणले संवेदनशिल र बुद्धिमान जनावरलाई हिंसात्मक रुपमा मार्न वा छाला प्रयोग गर्न पाउँदैन। हामी भिक्टोरिया बेकह्यामलाई स्याउ, अंगुर, कटहर, च्याउजस्ता नैतिक र पर्यावरण मैत्री आविस्कारमा फर्कन आग्रह गर्छौँ।’

पेटाका अधिकारकर्मीहरु विघटनकारी विरोधका लागि परिचित छन्। उनीहरु न्यूयोर्क, लण्डन र मिलानमा भएका ग्लोबल फेसन इभेन्टमा नियमित प्रदर्शन गरिरहन्छन्।

पेरिसमा भएको शोमा ‘स्पाईस गल्र्स’ गायिकाका अटम र विन्टर २०२४ का कलेक्सन देखाइएको थियो। डेभिड बेकह्यामले गत महिना इन्स्टाग्राममा जिममा भएको सानो दुर्घटनाका कारण भिक्टोरियाको खुट्टामा चोट लागेको जानकारी दिएका थिए।

Logo