आँधिखोलाको आइपीओ बाँडफाँड, साढे २ लाख जनाको हातमा लाग्यो शुन्य

आँधिखोलाको आइपीओ बाँडफाँड, साढे २ लाख जनाको हातमा लाग्यो शुन्य

केन्द्रबिन्दु
0
Shares

आँधिखोला लघुवित्त वित्तीय संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर बाँडफाँड गरेको छ ।  बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले सोमबार बिहान शेयर बाडफांड गरेको हो ।

३ लाख ४१३ जना आवेदकमध्ये ३७ हजार ५ सय जनाले सेयर पाएका छन् । उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् । आइपीओमा ५७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।

लघुवित्तले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

Logo