मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

केन्द्रबिन्दु
102
Shares

विराटनगर। मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन्।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए।

मेचीनगर–५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो।

दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ। सिकिस्त अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Logo