छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

रुकुम,

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन) लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो । उनीलाई आफ्नै १७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत ४ गते राती पक्राउ गरिएको थियो ।

आइतबार जिल्ला न्यायधिस आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्मकैदको फैसला गरेको अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले जानकारी दिए । पक्राउ परेका बहादुर (नाम परिवर्तन) ले आफ्नै छोरीलाई लगातार दुई वर्षदेखी बलात्कार गर्दै आएको उनले अदालतमा स्वीकार गरेको बताइएको छ ।

पीडितकी आमाले प्रहरी चौकीमा निवेदन दिएकी थिइन् । अदालतले फैसला गरेपछि छोरी बलात्कार गर्ने व्यक्तिलाई आइतबार नै जेल चलान गरिएको छ ।
नागरिकबाट

Logo