कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’ को उपाधि

कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’ को उपाधि

केन्द्रबिन्दु
111
Shares

काठमाडौं। भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्। उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाएका हुन्।

शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए। उनीहरुले एक ट्रफी र ५ लाख रुपैंयाँको चेक पाए। अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाखमा चित्त बुझाइन्।

शोको पहिलो दुई र नवौं संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए। रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रुपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन्।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए। उनले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाएका थिए।

Logo