रास्वपाले दियाे राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

रास्वपाले दियाे राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकार रवि लामिछानेलाई

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो राजनीतिक परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।

पार्टी उपसभापति डीपी अर्यालले आजको बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको जानकारी दिए। बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

Logo