एमाले, माओवादी र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने

एमाले, माओवादी र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने

केन्द्रबिन्दु
150
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन्।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए।

सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टाछुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो। नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन्।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए।‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन्।अलग-अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।

Skip This
Skip This
Logo