काठमाडौँ,
बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा देशैभर राजनीतिक दल जुटेका छन् । बाढीपहिरोबाट देशैभर मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षासँगै पीडितको संख्या बढ्दै गइरहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) सहितका साना दलसमेत बाढी पहिरो पीडितको उद्धार र राहत कार्यमा जुटेका छन् ।
नेकपाले बाढी पहिरो पीडितको उद्धार र राहतमा जुट्न पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता तथा जनसंगठनलाई निर्देशन दिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले शनिबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बाढी पहिरोपीडितको राहत, उद्धारमा जुटन निर्देशन दिएका छन् । सरकारको तर्फबाट उद्धार तथा राहत कार्यमा आवश्यक पहल जारी रहेको उल्लेख गर्दै पार्टीका नेता कार्यकर्तालाई समेत सो कार्यमा जुट्न निर्देशन दिईएको छ ।
‘पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेकै छ । हामी हाम्रो पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक जुट्न निर्देशित गर्दछौं,’ नेकपा अध्यक्षद्वय ओली र दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी, प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकभर कतिपय नागरिकको घरखेत नष्ट भएका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरोध भएको, आमजनजीवन अस्तव्यस्त भएको तथा कयौं नागरिकको जीउधन र भौतिक पूर्वाधारसमेत जोखिममा परेकाले उद्धार कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमै बाढी पहिरोको विषयमा विशेष छलफल गर्दै विपत्तिको सामना सबैले जुटेर गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले बताए । कांग्रेसले सरकारसँग बाढीपीडितको उद्धार र राहतमा जुट्न माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिको सामनाका लागि कांग्रेस पार्टीपंक्ति सरकारको साथमा रहेको बताएका छन् । उनले विपद्को समयमा राजनीतिक विमतिलाई थाती राख्दै दलहरु सत्तापक्ष र प्रतिपक्ष नभएर सबै नेपालीको भावना एउटै हुनुपर्ने र मिलेर उद्धार तथा राहत वितरणमा जुट्ने बताए ।
‘विपत्तिको सामना जुटेर गरौं, हाम्रा राजनीतिक विमति आफ्ना ठाउँमा छन्,’ प्रवक्ता शर्माले भने, ‘जब विपत्ति आइपर्छ तब हामी सत्ता वा विपक्षी नभई केवल नेपाली हुन्छौं, विपत्तिको सामना सबैले मिलेर गर्नुपर्छ ।’
सत्ता साझेदार दल समाजवादी पार्टी नेपालले उद्धार तथा राहत कार्यमा पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता जुटेको जनाएको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले बाढी पहिरोले देशैभर मानवीय तथा भौतिक क्षति पुगेको बताउँदै राहत एवं उद्धार कार्यमा पार्टी तथा जनसंगठनका सम्पूर्ण नेता–कार्यकर्ता जुटेको बताए ।
राजधानीबाट































प्रतिक्रिया