वाढीपहिरोले मृत्यु हुनेको संख्या काभ्रेमा तीन पुग्यो

वाढीपहिरोले मृत्यु हुनेको संख्या काभ्रेमा तीन पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि काभ्रेमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

पछिल्लो समाचार अनुसार जिल्लाको रोशी गाउँपालिका ११ भिमखोरीमा गएराती विद्यालयको पर्खाल भत्कदा एक जनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार स्थानिय भिमेश्वर माध्यामिक विद्यालयको पर्खालले घर थिच्दा घरमा सुतिरहेकी ६५ वर्षिया कृष्णदेवी रायमाझीको मृत्यु भएको हो ।

यसअघि पहिरोले घर भत्काउँदा हिजो विहान नालामा दुई जनाको मृत्यु भएको थियो । यससँगै काभ्रेमा वाढीपहिरोले मृत्यु हुनेको संख्या ३ पुगेको हो । यहाँका मुख्या राजमार्ग मध्ये विपी राजमार्ग बन्द भएको छ भने दर्जनौं गाउँहरुमा जाने सवारी साधनहरु रोकिएका छन् ।

Logo