बर्दिबासमा वाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग ठप्प

बर्दिबासमा वाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग ठप्प

केन्द्रबिन्दु
0
Shares

बर्दिवास,
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प भएको छ ।

वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन् । केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेरै नदी तरिरहेको स्थानीयले बताएका छन् ।

जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन । अझै केहि दिन वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo