अविरल वर्षासंगै आएको बाढीले मोरङमा करिब ३ सय परिवार विस्थापित भएका छन्।
सिंघिया खोलामा बाढीको स्तर बढ्दै गएपछि वडा नं. १ र ८ का करिब २ सय ५० परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यसैगरी विराटनगर महानगरपालिका वडा नं. १६ दरैया बस्तीमा बर्षाको पानी पसेपछि करिब १५ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । त्यस्तै लोहन्द्रा खोलाको पानी छिरेपछि राम चोकका स्थानीयहरु पनि विस्थापित भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढीबाट डुबानमा परेकाहरुलाई उद्धार गरी सुरक्षित स्थानमा राख्न शुरु गरेको छ । विराटनगर क्षेत्रमा २४ घण्टामा १७२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेको छ । बाँध भत्कन थालेपछि गाईघाट बजारलगायतका क्षेत्र जोखिममा परेका छन् ।
यो बाँध विसं २०३१, २०३९ र २०५७ मा पनि भत्किएको थियो। बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेका छन्।





























प्रतिक्रिया