सर्वोच्चमा बार एसोसिएसनको निर्वाचन आज हुँदै

सर्वोच्चमा बार एसोसिएसनको निर्वाचन आज हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुने भएको छ । बारको नयाँ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा छन् ।

प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले गरेका छन् । यस्तै वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

वरिष्ठ अधिवक्ता खनाल पूर्णरुपमा कानूनी पेशामा समर्पित छन् भने अर्को वरिष्ठ अधिवक्ता शाक्य कानूनी र प्राध्यापनमा पनि संलग्न छन् ।

सर्वोच्च बारमा जम्मा ६०५ जना कानूनी व्यवसायीले मतदान गर्दैछन् । अहिले बिहान ८ बजेदेखि २ बजेसम्म निर्वाचनको समय तोकिएको छ ।

Logo