प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले काठमाडौँको बालाजुमा मसाल जुलुस निकालेको छ । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै मसाल जुलुस निकालेको हो । "/>

काठमाडाैंमा नेविसंघको मसाल जुलुस, १४ जना पक्राउ

काठमाडाैंमा नेविसंघको मसाल जुलुस, १४ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले काठमाडौँको बालाजुमा मसाल जुलुस निकालेको छ । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको भन्दै मसाल जुलुस निकालेको हो ।

नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । विरोध प्रदर्शनका क्रममा भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने भन्दै नाराबाजी पनि गरेका थिए ।

बालाजु चोकबाट निकालिएको मसाल जुलुस बालाजु चौकी नजिक गएर समापन भएको थियो ।  नेविसंघको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा नेविसंघका १४ जना नेता/कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य सुशील भट्टसहित निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन रहेका छन् ।

Logo