अपहरित ३४४ विद्यार्थीकाे सकुशल उद्धार

अपहरित ३४४ विद्यार्थीकाे सकुशल उद्धार

केन्द्रबिन्दु
0
Shares

नाइजेरिया ।

नाइजेरियाको एक स्कुलबाट अपहरणमा परेका ३४४ बालबालिकाको सकुशल उद्धार गरिएको छ ।

उत्तर पश्चिम क्षेत्रस्थित कातसिना शहरमा रहेको स्कुलबाट गत साता अपहरणमा परेका ३ सय ४४ विद्यार्थीको शुक्रबार उद्धार गरिएको हो । उनीहरु ब्ल्यांकेट बोकेर खाली खुट्टा पैदल हिँडेर घर फर्कँदै गरेको दृश्य स्थानीय टेलिभिजनले देखाएका छन् ।

थकित र दुखी मुद्रामा देखिए पनि उनीहरु सकुशल रहेको बताइएको छ । तर तीमध्ये एक बालकको अनुहारमा माटो लतपतिएको देखिएको छ । अपहरणमा परेका सबै बालक हुन् । उद्धारपछि उनीहरुका अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।

गत साता सशस्त्र समूह बोको हरामका लडाकुले उनीहरुलाई स्कुलबाट अपहरण गरी रुगु जंगलतर्फ लगेको थियो । सुरुमा कुनै समूहले अपहरणको जिम्मेवारी नलिए पनि तीन दिनपछि बोको हराम समूहले अपहरणको जिम्मेवारी लिएको थियो ।

यसअघि २०१४ मा २७० स्कुले बालिकाहरुलाई पनि यसै गरी बोको हराम समूहले अपहरण गरेको थियो । उनीहरुमध्ये आधा जसो मात्रै केही वर्षपछि रिहा भएका थिए । केहीले लडाकूहरुसँगै विवाह गरे भने केहीको मृत्यु भएको आंकलन गरिएको थियो।एजेन्सी

Logo