पशुपतिमा महाशिवरात्रिः भक्तजनको घुइँचो, बाबामा आकर्षण [फोटोफिचर]

पशुपतिमा महाशिवरात्रिः भक्तजनको घुइँचो, बाबामा आकर्षण [फोटोफिचर]

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गर्नको लागि पशुपतिनाथ पुग्ने मान्छेहरूको घुइँचो बढ्दो छ ।

पशुपति क्षेत्र विकास कोषले तोकेको रुटमाबाट पशुपतिनाथ मन्दिरको दर्शन गर्न जानेहरूको लाइन लामो छ । भारतलगायत विभिन्न देशबाट शिवरात्रिको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न आउनेको संख्या यस पटक पनि बढी नै रहेको कोषले जानकारी दिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै विभिन्न मुलुकबाट आएका नाङ्गा तथा अघोरी बाबाहरुले पशुपतिमा थप रौनक बनाएको छ ।

नुवाकोटबाट पशुपति दर्शन गर्न आएकी रविना कार्की बिहान ६ बजे लाइनमा बसेर ८ मात्र पशुपति छिरेर मन्दिरको दर्शन गरेर फर्किएको बताउँछिन् । ‘दिउँसाे मन्दिरमा भिड हुने डरले पशुपति बिहानै आइपुगेका थियौं, तर यहाँ बिहानदेखि नै लाइन सुरु भइसकेका रहेछ, प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तै लाइन बसेरै मन्दिर दर्शन गरेर फर्कियौं,’ उनले भनिन् । रविना जस्तै हजारौं दर्शनार्थीहरु लाइनमा बसी पशुपति दर्शन गरी फर्किने क्रम जारी नै छ ।

तस्विरः राज कार्की/केन्द्रबिन्दु

Skip This
Skip This
Logo