काठमाडौँ ,
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर जाने पुल निर्माणको जिम्मा सीए/तुलसी कन्स्ट्रक्सन जेभीले पाएको छ । पुल निर्माणका लागि पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनीबीच सम्झौता भएको छ । पुनःनिर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५५७ रुपियाँ रहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनःनिर्माण प्रताप मल्लकालीन शिखर शैलीमा पुनःनिर्माण हुने बताउनुभएको छ । पुल निर्माणसँगै बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि द्रुत गतिमा हुने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनःनिर्माण भइरहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरी र मन्दिर पुनःनिर्माण गर्दा एक अर्काे निर्माणबीच समन्वयात्मक ढङ्गले काम गर्न सुझाव दिनुभयो । रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरीको जमिन भाग र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको जनाकारी दिनुभयो ।





























प्रतिक्रिया