काठमाडौं । जिल्लाको सम्पूर्ण जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको काधमा हुन्छ । शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नुदेखि दैनिक प्रशासन सञ्चालनसम्मका काम सिडिओकै निर्देशन तथा निगरानीमा हुन्छ । राज्यले पनि उनीहरुलाई विशेष अधिकारी दिएको हुन्छ ।
सिडिओलाई एकातिर राज्यको नीति निर्देशन पालना गराउने अधिकार तथा जिम्मेवारी हुन्छ भने अर्कोतिर जिल्लाबासीसँग सामप्यता पनि कामय गर्नैपर्ने हुन्छ । त्यसका कारण सिडिओसँग भेटघाट गर्न दैनिक संयौंको संख्यामा मानिसहरु आउजाउ गर्छन् । उनीहरुसँग कुराकानी गरेर समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी पनि सिडिओकै हातमा हुन्छ । त्यसकारण पनि सिडिओ निकै भद्र, शालिन र सभ्य हुनुपर्छ ।

देशभरका ७७ जिल्लाकै सिडिओहरुको भिडमा पर्छिन्, जुम्लाकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) दुर्गा बञ्जाडे । उनी जुम्ला आएको पाँच महिना वितिसकेको छ । यसबीचमा उनले अनेकन आरोह अवरोहको सामना गरिन् । विभिन्न समस्यासँग पनि जुधिन । यो सँगसँगै उनले केही मिठा तथा यादगार क्षणहरुको पनि अनुभव गरिन् । ति यादगार क्षणहरुलाई उनले आफ्नो क्यामेरामा कैद गरेर सामाजिक सञ्जालमार्फत सेयर गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्नो कार्यकालमा भेट भएका केही मनमा बस्न सफल पात्रहरुको तस्बिर सेयर गरेकी हुन् । उनले भनेकी छन्, ‘सार्बजनिक सेवा प्रवाह गर्ने क्रममा कार्यालयमा भेट भएका केहि पात्रहरुले विगतमा पनि मेरो मनमै छाप बसाएका थिए ।’
त्यस्ता मनमा बस्नेहरु कोही मनको पाना तथा कोही डायरीको पानामा सिमित रहन पुगेको जनाएकी छन् । उनी अघि लेख्छिन्, ‘त्यस्ता मनमा बस्नेहरु कोही मनको पानामा मात्र सिमिति रहे भने कोही डायरीको पानामा…’

उनी फेरि लेख्छिन्, ‘मन र डायरी दुवै हुँदै फेसबुकको वालमानै सजाउन मन लागेका यी सुन्दर पात्रहरुका एक दिन खिचिएका तस्बिरुहरु….। यस्तै-यस्तै सुन्दर मानवहरूको पनि कारणले होला मलाई जुम्लाको अविछिन्न पाँच महिनाको बसाई पनि अत्यन्तै कम र उत्साहजनक लाग्दै दिनहरू बित्दै छन् । नतमस्तक छु -सम्पूर्ण आदरणीय मनप्रति ।’
को हुन महिला सिडिओ बञ्जाडे ?
अर्घाखाँचीकी बञ्जाडे जुम्ला हाक्ने पहिलो महिला सिडिओ हुन् । जुम्लामा २०२४ सालदेखि हालसम्म ४० सिडिओ परिवर्तन भईसके । तर महिलाले भने पहिलो पटक जिल्ला सम्हाल्ने मौका पाएकी हुन् ।

उनी अर्घाखाँची छत्रदेव गाउँपालिका– ८, मरेङ्गका पशुपति बञ्जाडे र माता कृष्णकुमारी बञ्जाडेकी माईली छोरी हुन् । पहिल्लैदेखि सरकारी सेवामा कार्यरत रहे पनि २०६८ सालमा खुल्ला प्रतिष्पर्धाबाट उनले शाखा अधिकृतमा नाम निकालेकी थिईन् ।
उनी प्रशासनिक कार्यभारको जति क्षमता राख्छिन्, त्यति नै सामाजिक कार्यकर्ताको भूमिका पनि निभाउने गरेकी छन् । जुम्लाको सिडिआको कार्यभार सम्हाल्न लाग्दा उनले पत्रकार सम्मेलनको आयोजना गर्दै विकट जिल्लामा जनताको सेवा गर्न रुचाउने भएकै कारण जुम्ला रोजेर आएको बताएकी थिईन् ।































प्रतिक्रिया