बिहान ७ बजेदेखि शुरु भएको मन्त्रिपरिषदको आकस्मिक बैठक वालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुन मन्त्रीहरु बिहानै बालुवाटार पुगेका थिए ।
पछिल्लो केही सातायता सरकारको काम कारबाहीप्रति चर्को बिरोध भैरहेको छ। गुठी विधेयक, संसदमा दर्ता भएका अन्य विवादित विधेयकहरु, तरकारीमा विषादी परिक्षण लगायतका निर्णयहरु विवादमा छन्। यसका साथै प्रधानमन्त्री र मन्त्रीहरुको अभिव्यक्ति पनि विवादमा पर्दै आएको छ। जारी बैठकमा यस विषयमा विस्तृत छलफल भैरहेको स्रोतले जानकारी दियो ।
सोमबार दिउँसो पनि मन्त्रिपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास गएका प्रधानमन्त्रीले पुनः आज बिहानका लागि बैठक बोलाएका हुन् ।
बैठकमा छलफल हुने विषय भने स्पष्टरुपमा खुलाइएको छैन ।
यसैबीच उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठक छाडेर बाहिरिएका छन् ।





























प्रतिक्रिया