परीक्षा परिणाम फेरबदल गर्ने त्रिविका कर्मचारीसहित तीन जना विरुद्ध मुद्दा

परीक्षा परिणाम फेरबदल गर्ने त्रिविका कर्मचारीसहित तीन जना विरुद्ध मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्ड मेडलका लागि परीक्षा परिणाम फेरबदल गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । परीक्षाको प्राप्तांक फेरबदल गरेको अभियोगमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखामा कार्यरत शाखा अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर बहुमुखी क्याम्पस दूधपाटीका शिक्षक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

अख्तियारले छानबिनमा गर्दा भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिई नम्बर थप्न लगाएको पाइएको छ । परीक्षा परिणाम फेरबदल गरेर गोल्ड मेडल किनबेच हुने उजुरी अख्तियारमा परेपछि कागजपत्र नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।

कोइराला र पनिका बल्खुको गोप्य शाखाका प्रमुख रामबहादुर कर्माचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरेको थियो । धेरैजसो विषयमा उनी फेल भएको र सबैमा नम्बर थपेर उनलाई गोल्ड मेडलिस्ट बनाइएको अनुसन्धानमा खुलेको छ ।

अख्तियारको अनुसन्धानमा उनीहरूबीच आर्थिक लेनदेनको समेत प्रमाण भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । छानबिन पूरा भएपछि उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको प्रबक्ता कोइरालाले जानकारी दिए ।
राजधानीबाट

Skip This
Skip This
Logo