काठमाडौँ,
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारत र चीन जोड्ने प्रमुख व्यापारिक नाकामा अन्तर्राष्ट्रियस्तरको विषादी परीक्षण प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयसँग ४ अर्ब रुपैयाँ माग गरेको छ ।
भारतसहित तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलसहित अन्य खाद्य तथा पेय पदार्थको भन्सार बिन्दुमै वैज्ञानिक परीक्षण गर्न यस्तो प्रयोगशाला निर्माण गर्ने तयारी गरेको र सोका लागि लाग्ने करिब चार अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्री चक्रपाणि खनालले प्रयोगशाला निर्माणका लागि आवश्यक प्रक्रिया थालिएको र यसका लागि आवश्यक पर्ने ४ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरिएको जानकारी दिए । ‘अर्थ मन्त्रालयबाट रकम आएपछि प्रयोगशाला निर्माणको कार्य थालनी गर्नेछौं ,’ उनले भने ।
सरकारले विषादी परीक्षण कार्य रोकेको भन्दै विरोध भइरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने परीक्षण कार्यलाई व्यवस्थित बनाउनकै लागि केही समय सो कार्य रोकिएको जानकारी दिएको छ । सरकारले बाहिरबाट आयात हुने तरकारी तथा फलफूलको भन्सार बिन्दुमै विषादी अवशेष परीक्षण गर्ने निर्णय फिर्ता लिएको नभई तत्काल स्थगन मात्र गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।
‘विषादी प्रयोगशाला नहुँदा बाहिरबाट ल्याइएको तरकारी तथा फलफूलको परीक्षण कार्य केही महिना ढिलो हुने देखिएको छ,’ उनले भने, ‘प्रयोगशाला निर्माण भएपछि विषादी परीक्षण कार्य सुरु हुनेछ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जोडिएका काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा धनगढी र महेन्द्रनगरस्थित भन्सार बिन्दुमा प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ भने चीनसँग जोडिएका रसुवा र तातोपानी भन्सार बिन्दुमा पनि यस्तै अन्तर्राष्ट्रिय प्रयोगशाला निर्माण गर्ने तयारी मन्त्रालयले गरेको छ ।
राजधानीबाट































प्रतिक्रिया