‘इन्जिनियरिङ समुदायप्रतिको आम विश्वासलाई मजबुत बनाउने छु’ : उमेश थानी (अध्यक्ष पदका उम्मेद्वार, सिडेन)

‘इन्जिनियरिङ समुदायप्रतिको आम विश्वासलाई मजबुत बनाउने छु’ : उमेश थानी (अध्यक्ष पदका उम्मेद्वार, सिडेन)

केन्द्रबिन्दु
0
Shares

यही पौष ४ गते (भोलि) सम्पन्न हुन गइरहेको कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं निर्वाचन हुन गइरहेको छ । आगामी नेतत्वका लागि अध्यक्षसहित अन्य पदका लागि शेरबहादुर देउवा पक्षबाट र रामचन्द्र पौडेल गरी दुई प्यानलमा निर्वाचनमा होमिएका छन् । देउवा प्यानलबाट उमेश थानी र रामचन्द्र प्यानलबाट धुब्र थापा अध्यक्षका लागि चुनावी मैदानमा रहेका छन् । थानी यसअघि नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को महासचिव तथा नेपाल इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रारसमेत भइसकेका छन् । यसै सन्दर्भमा रहेर अध्यक्षपदमा उम्मेद्वार थानीसँग इन्जिनियरहरुको हक हितका लागि तपाईंको कस्तो कार्ययोजना र निर्वाचनको विषयमा केन्द्रबिन्दुकर्मी अनिस मिजारले गरेको छोटो कुराकानीः

‘सिडेन’ को छैटौं निर्वाचन नजिएको छ, कस्तो छ निर्वाचनको माहोल ?

निर्वाचन नै लोकतन्त्रको मुटु भएकाले प्रतिस्पर्धी उम्मेदवारप्रति उच्च सम्मानका साथ आगामी नेतृत्वका लागि चुनावी मैदानमा आएको छु । अहिले एकदमै चुनावी माहोल बढेको छ । भोलि नै निर्वाचन भएकाले साथीभाईहरुसँगको भेटघाट बाक्लो भएकाले चुनाव राम्रै लागेको छ । अहिलेसम्मको माहोल हेर्दा निश्चित रुपमा मैले नै जित्ने पक्कापक्की भएको छ । भोलिको निर्वाचनका लागि नै दौडमा हाम्रो टिम नै लागेका छौं । निर्वाचनमा हाम्रो प्यानलन नै जित्ने गरि आ–आफ्नो पक्षमा मत माग्नमा व्यस्त रहका छौं ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं निर्वाचनमा तपाईंको उम्मेद्वारी के को लागि ?

मेरो उम्मेद्वारी विषेशगरि इन्जिनियरहरुको हक–हितको पक्षमा आवाज उठाउनको लागि भएको बताएका छन् । त्यस्तै, सिडेनमा विगतका कार्य समितिले गरेका कामलाई पनि थप प्रभावकारी बनाउने, कार्यालय तथा कामलाई प्रविधिमैत्री बनाउने र इन्जिनियरिङ समुदायप्रतिको आमविश्वासलाई मजबुत बनाउनका लागि पनि मेरो उम्मेद्वारी रहेको बताए । त्यस्तै उनले युवा इन्जिनियर लक्षित कार्यक्रमहरु सुचारु गर्ने, नयाँ प्रविधिको आविष्कार तथा अध्ययन–अनुसन्धानमा सघाउन, इन्जिनियरिङ क्षेत्रमा रोजगारी सिर्जना गर्नुको साथै उचित सेवा–सुविधाका लागि पहल गर्नका मैले उम्मेद्वारी दिएको हुँ ।

तपाईं युवा इन्जिनियरको साथ लिएर चुनावी मैदानमा हुनुहुन्छ, युवा इन्जिनियरका लागि आगामी योजना के के छन् ?

मलाई निर्वाचनमा युवा टोलीको साथ रहेको छ । मैले युवाहरुका लागि नेतृत्वमा निर्वाचित भएपछि युवा लक्षित कार्यक्रमहरु ल्याउने योजनामा नै भनेको छु । अहिले पनि युवा इन्जिनियरहरु वेरोजगार भएर बसेका छन् । उनीहरुका लागि रोजगारीको सुनिश्चिता गर्न पहल कदमी गर्ने, इन्जिनियरको पढाई सकिएपछि रोजगारीका लागि भौतारिनु पर्ने बाध्यता हटाउनका लागि पहल गर्ने पहिलो योजना रहेको छ ।

तपाईंलाई निर्वाचनमा भोटरले भोट दिने आधार के हो ?

मैले युवाका मागलाई लिएर सिडेनको अध्यक्षका लागी उम्मेद्वारी दिएकाले युवाहरुले अत्याधिक भोट दिने विश्वास रहेको छ । मैले यसअघि नेपाल विद्युत प्राधिकरणमा रहँदा होस् या इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार र नेईएको महासचिव हुँदा पनि इन्जिनियरहरुको हकहितमा काम गरेकाले पनि मलाई नै भोट दिएर जिताउनु हुन्छ भन्ने विश्वास छ ।

निर्वाचन जितेपछि तपाईंका योजनाहरु के के छन् ?

निर्वाचन जितेपछि मेरो पहिलो काम भनेको इन्जिनियरिङ शिक्षाको गुणस्तरियता अभिवृद्धि बढाउनु हुनेछ । त्यस्तै अन्य इन्जिनियरिङ क्षेत्रका आधारभूत मापदण्डहरुको सुनिश्चितता, सर्वसुलभ र व्यवहारिक इन्जिनियरिङ शिक्षाको व्यवस्थाका लागि सरोकारवालाहरुसँग निरन्तर समन्वयन गर्नेछु । यो मेरो उम्मेदवारी नै हामी सबै युवाको उम्मेदवारी हो । हाम्रो जीत, हामी सबैको जिम्मेवारी, सक्रियता र मित्रताको जीत हुनेछ ।

Skip This
Skip This
Logo