संसदको शून्य समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको चर्चा

संसदको शून्य समयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको चर्चा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको ट्वीटबारे प्रतिनिधिसभामा प्रश्न उठाएका छन् ।

आइतबार बैठकको शून्य समयमा बोल्दै कांंग्रेसका सांसद अतहर कमाल मुसलमानले ट्वीटमा उल्लेखित ‘छौँडाहरु’ को, कसरी संचालित छन् भनी प्रश्न गरे । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालको ट्वीटबारे सर्वत्र चर्चा भइरहेका बेला सांसद मुसलमानले सरकारलाई नै ‘छौँडाहरु’ का बारेमा प्रश्न गरेका हुन् ।

‘यो मेरो भनाई होइन, कसैको टुइटको भनाई हो । विदेशी वा स्वदेशीले देशमा हाल छौडाहरु छोडिरहेका छन् । त्यही छौडाहरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशी प्रभुको इसारामा आइफा गर्न लागेको अवस्था देखिन्छ,’ उनले भने, ‘त्यही छौडाहरु अझै सक्रिय हुँदा विभिन्न देशबाट आयात भईरहेका विषादी युक्त तरकारी र खाद्यान्नहरु विना परीक्षण नेपाल भित्रिरहेका छन् र नेपाली जनताले विषादी युक्त तरकारी खान बाध्य भएका छन् ।’

उनले जनताको स्वास्थ्यसँग खेलवाड गर्ने कहाँ कसरी चलायमान छन् भनी प्रश्न समेत गरे । ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्ने, धर्म संस्कृतिमा प्रहार गर्ने, विदेशीको इसारामा राष्ट्रवादको नयाँ बहस सुरु गर्ने ति छौडाहरु कहाँ कसरी चलायमान छन् ?,’ उनले प्रश्न गरे, ‘र ती छौडा को कसबाट संचालनमा छन् ?’
नयाँ पत्रिकाबाट

Logo