काठमाडौं । इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड (आइफा) आफ्नो २० औं संस्करण समारोह नेपालमा गर्ने कुनै निर्णय नभएको जनाएको छ । विज्क्य्राफ्टका प्रमुख एन्ड्री टिमिन्सले काठमाडौंमा आइफा अवार्ड समारोह गर्नका लागि हालसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
एक विज्ञप्ती जारी गर्दै अवार्ड आयोजना गर्न विभिन्न देशबाट प्रस्ताव आएको र नेपाल पनि एक भएको जनाईएको छ । काठमाडौंमा आइफा गर्ने कुरालाई लिएर नेपालमा विवाद जारी रहेको बेला मूख्य आयोजकले स्पष्टिकरण दिएको हो ।
‘आइफा-२०१९ समारोहन आयोजना गर्ने स्थानबारे अहिलेसम्म अन्तिम निर्णय लिएका छैनौँ,’ विज्क्य्राफ्टका प्रमुख एन्ड्री टिमिन्सले भनेका छन्, ‘कयौं देशले कार्यक्रम आयोजना गरिदिन भनेका छन् । तिनै देशमध्ये एउटा नेपाल पनि हो। तर कुनैको पक्षमा हामी निर्णयमा पुगेका छैनौँ।’
कम्पनीका प्रमुख टिमिन्सले नेपालमा आइफा अवार्डबारेको विवादलाई लिएर आश्चर्य र दुःख प्रकट गरेका छन्। ‘कम्पनीले नेपालमै कार्यक्रम आयोजना गर्ने कुनै आधिकारिक निर्णय लिएको छैन’ उनले भने, ‘नेपाल सरकारले निर्णय नै नभइ बिनाआधार यो कुरा सार्वजनिक गर्नु ठीक होइन।’
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/NEPAL-IS-ONE-AMONG-SEVERAL-DESTINATIONS-IN-THE-FRAY-TO-HOST-IIFA-2019.pdf& title=”NEPAL IS ONE AMONG SEVERAL DESTINATIONS IN THE FRAY TO HOST IIFA 2019″]





























प्रतिक्रिया