काठमाडौं । आइतबार सुनको मूल्यमा पाँच सय रुपैयाँ घटेको छ । शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो ।
त्यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ । चाँदीको पनि मुल्य घटेको छ । शुक्रबार प्रतितोला ७३० रुपैयाँमा कारोबार भएको चाँदी आईतबार १० रुपैयाँले घटेर ७२० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।































प्रतिक्रिया