काठमाडौं ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको टिप्पणी गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिंदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए । पछिल्लो समय राष्ट्रपतिको भूमिकाको सम्बन्धमा जनतामा तिव्र बिरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुर्याउने बताए ।
सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडि बढाएको समेत प्रमुख सचेतक खाँडले बताए। सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि नागरिकको तिब्र विरोध हुँदा हुँदै पनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बताए ।
प्रमुख सचेतक खाँडले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकुलतामा गरेको निर्णयको बिरोधमा रहेको समेत बताए ।
यस्तै सांसद दिव्यमणिराज राजभण्डारीले सरकार संविधान अनुरुप चल्नुपर्ने बताए। सरकार आफूखुशी नचलेर संविधान अनुरुप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनेगरी चल्नु पर्ने बताए।
नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद अधिवेशन बोलाउन माग गरेको छ ।





























प्रतिक्रिया