हाजिर जमानीमा रिहा भए प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने

हाजिर जमानीमा रिहा भए प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने

केन्द्रबिन्दु
33
Shares

प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा सीआईबी सीईओ न्यौपानेसहितलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको हो । अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरुलाई कागज गरेर बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको सीआईबीले जनाएको छ ।

सीआईबीले १५ फागुनमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

Logo