केन्द्रीय बैङ्कले ठूला वित्तीय सस्थाहरु मर्ज गर्न दवाव दिइरहेका बेला जनता बैङ्क र ग्लोबल आईएमई बैङ्क गाभिने भएका छन् ।
दुई बैंकबीच शुक्रबार मर्जर सम्बन्धि सम्झौता भएको हो । मर्जरको लागि ६ सदस्यीय मर्जर कमिटि गठन भएको छ ।
जनता बैङ्कलाई प्रतिकित्ता ८५ रुपैयाँ दिएर ग्लोबल आईएमईले आफूमा गाभ्न लागेको हो । यी दुवै कम्पनीले पहिलो स्वाप रेसियो तय गरी मर्जमा जान तयार भएका हुन् । ग्लोबलले यसअघि नै कमर्ज इन्ड ट्रस्ट बैङ्कसहित एक दर्जन बढी वित्तीय संस्था आफूमा गाभिसकेको छ।
दुवै गाभिएपछिको बैङ्कको सञ्चालक समिति अध्यक्षमा ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनता बैङ्कका सीईओ परशुराम कुँवर नै हुनेछन् ।
हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी दश अर्ब ३१ करोड रुपैयाँ छ भने जनता बैंकको आठ अर्ब रुपैयाँ छ ।





























प्रतिक्रिया