काठमाडौं । समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमला नेकपा प्रवेश गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
उनीहरुसँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता कार्यकर्ता पनि नेकपा प्रवेश गरेका छन् । कार्यक्रममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केही नेता पनि नेकपा प्रवेश गरेका छन् ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकताभएसँगै यो समूह असन्तुष्ट थियो । वैकल्पिक शक्ति बनाउने बाबुरामको योजनाअनुसार उनीहरु तत्कालिन माओवादी केन्द्रबाट अगल भएर नयाँ शक्तिमा लागेका थिए । तर बाबुराम फोरमसँग पार्टी एकता गरेपछि उनीहरु अनसन्तुष्ट बनेका थिए ।
पराजुली माओवादी १० वर्षे युद्धका क्रममा तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष थिए । लमजुङ निवासी पराजुली पार्टी शान्ति प्रक्रियामा आएपछि लाभको पदमा भने गएनन् । तर, धादिङकी धमला बाबुराम भट्टराई सरकारमा विज्ञान तथा प्रविधिमन्त्री थिइन् ।































प्रतिक्रिया