काठमाडौं । जेलमा कैदीहरु आ-आफ्नै बिचित्रको दुनियाँ जिइरहेका हुन्छन् । उनीहरुले आफ्नो जीविकोपार्जन गर्न जेलभित्रै काम गर्ने गर्छन् । जेलमा बसेपनि उनीहरुलाई घर परिवारको माया त लाग्ने नै भयो । कोहीले जेलमै बसेर पनि घरपरिवार पालिरहेका हुन्छन् । यसको अर्थ जेलभित्रै कैदीलाई रोजगारी पनि पाईन्छ ।
त्यो रोजगारीलाई कसैले सदूपयोग गर्छन त कसैले त्यसको कुनै प्रवाह गदैनन् । अर्को कुरा जेलभित्रै धुम्रपान, मध्यपान आदी नशालु पदार्थको कारोबार समेत हुने गरेको पाईन्छ ।
कैदीहरुबीच पनि आर्थिक लेनदेनको कुरा हुन्छ । अर्को कुरा उनीहरु ऋण सापटी लिने दिने पनि गर्छन् । जुन ऋण सापटी कैदीहरुका लागि सबैभन्दा समस्याको विषय बनिरहेको हुन्छ । ब्रिटेनको एक जेलमा कैदीहरुबीच नशालु पदार्थको कारोबार हुने गरेको पाईएको छ । जेलमा अवैध रक्सी पनि मिल्न सक्छ, जसको मुल्य प्रति १० पाउण्डको १३ सय सम्म पर्छ ।
महंगा सामानहरु नशालु पदार्थको पैसाको मोल मोलाई जेलभित्रै हुन्छ भने लेनदेन जेलभन्दा बाहिर हुन्छ । उक्त जेलमा ५० ग्राम तम्बाखूको मुल्य झन्डै ७० हजार रुपैयाँ पर्छ ।
जसले गर्दा केही मानिसहरु पैसा कमाउनकै लागि भए पनि जेल जाने गरेका छन् । उनीहरु कुनै अपराध नगरेर पनि जेल जान आतुर हुन्छन् र बेला बेला अपराधजन्य घटना गर्दै आएका छन् ।





























प्रतिक्रिया